श्रमाधान Hot Line Number: 1141
Call Centre No 16600150005, G2G Section 9765013761

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारका लागि अस्थायी रोजगारी
१. आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
२. आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।
३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा
कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता
हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी
कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
४. उम्मेदवारले अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्रका रुपमा इजरायलको PIBA ले तोकेको CIIN International Qualifications Pvt. Ltd., Tripureshwor, Kathmandu बाट लिइएको English Up skill Test को कम्तिमा Reading- A2, Writing- A1, Speaking- B1, Listening- A2 भएको प्रमाण पत्र तोकिए बमोजिम अपलोड गर्नुपर्नेछ । तोकिएको न्यूनतम मापदण्ड नपुगेको दरखास्त अस्वीकृत हुनेछ।
५. आवेदन गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा १४ महिना बाँकी रहनुपर्ने छ तथा प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ ।
६. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ ।
७. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको
हुनुपर्ने छ ।
८. आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने छ ।
९. कृपया अनलाइन फाराम भर्नका लागि सर्वप्रथम यो प्रणालीमा रेजिस्टर गर्नु होला ।